• २०८२ बैशाख ६ गते शनिवार

लाठी ! लघुकथा

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : ३ मिनेट

आज बिहानै देखि बाटुको घरमा मान्छेहरु जुट्दैछन।के भयो र कँहि फेरी आमा छोराको बिचमा झग्डा त भयन?धेरै भयो बाटु लाई पनि न देखेको कँहि त्यहि आयोकी कतै बुढी धेरै बिमारी त भैनन भन्ने सोँचेर राधे बाटुका घर तिर लाग्छन।आँगनमा पुग्दा बित्तिकै राधे आश्चार्या पर्छ उस्का हात खुट्टा गल्छन र उ पेटिमै थँचक्कै बस्छ।बाटुकी आमाको मृत्यु भैसकेको रैछ,अँस्तिको दिन त उनि ठिकै थिन हिँजो राधे आउँन पाएन नत्र दिन दिनै आफ्नो आमा नभय पनि राधेले आमाँ जस्तै सम्झेर रेख देख गर्थ्यो।

बुढीलाई बाहिर आगनमा राखेका थिए दा सँस्कार का लागि लैजाने तैयारी थियो मात्र छोरा बाटुको बाटो हेरेर बसेकाथिए।ठिकै भयो बुढी मरेर सुखःपाईन!होतानी बिचरी बाँच्दा सम्म कहिलेई शोन्तुष्टको स्वास फेर्न सकिनन।क्वाँरीको लाश कुरेर बसेका मध्यकाले आपसमा कुरा गर्दै थिए। क्वाँरी छोराले हेला गय्रो भनेर छुट्टेर बसेकि हुँन।उन्को स्यानो एउटा बारी थियो त्यसैमा बुकुरो बनाएर पाँच छे बर्ष देखि एक्लै बस्दै आएकि थिन।पहिले उन्का हात पाखुरा चल्दा सम्म राम्रै अन्न उब्जिन्थ्यो।त्यसै बाट आफ्नो जिवन निर्भा गरेकि थिईन त्यो पनि बाटु आएर लग्थ्यो तर पोर साल देखि बारी बाँजै थियो।आज बुढी आगनमा ढलेकि थिईन,नजिकै एउटा लाठि थियो ।

त्यो मामुली लाठि होईन।राधे को दृष्टी त्यो बुढीको सिरानतीर भयको त्यही लाठी तिरै छ जस्लाई क्वाँरीले बाँच्दा सम्म आफ्नो छातिमा टाँसेर राखिन।पोहर सालको कुरा त हो बाटुले बारीको अन्न ल्याउ मलाई भन्दै कराएको थियो।बुढीले मैले पनि त खानु पर्छ, दिन्न भनेर जिद गर्दा आमालाई भन्ने नभन्ने केहि बाँकी राखेन यँहा सम्मकी आफ्नो आमालाई बोक्सीनी भन्यो र नजीकै भयको लाठिले झ्यामै हाँन्न थालेको बेला पेटीमा बसेर यतिबेर आमा छोराको झग्डा प्रत्यक्षा सुनिरहेका राधेले च्यापै लाठि छोपेर बाटुको हातबाट खोस्दै मारे झपार्छ।तँलाई नौ मैना कोखमा राखेर पाँच बर्ष सम्म पिठ्युँमा बोकेर आर्काको काम गरेर पालेको आमालाई यति ठुलो उपहार दिईस।कति ठुलो भयछस आफ्नो आमालाई लाठी ले हान्न खोज्ने भन्दै राधे कराएपछि बाटु नबोली लुसुक्कै गयो।त्यँहा बाट फर्केर आएको थिएन।तर त्यो दिनबाट फेरी आएको थिएन।

उस्ले काम नगर्ने जुवा खेल्ने र रक्सी पिउँने गर्थ्यो।सदै आँमा सँग केहीन केहि कुरालाई लिएर झग्डा गर्थ्यो।त्यसैले गर्दा क्वाँरी छुट्टेर यँही पाटामा बुकुरो बनाएर बसिन।यो बारीपनी उनैको प्याउते भयर बचेको नत्र पहिलेई बाटुले बेच्दिन्थ्यो।जन तन छिमेकीले बारी जोत्ने रेख देख गर्ने गर्थे मोल हालदिन्थे बदलामा बुढीले बारीको घाँस दिन्थिन।तर परार साल उनिहरु बसाई सरेर तराई तिर लागे।अर्को बर्ष राधेले लगायो तर पछिल्लो बर्ष त्यो बाटुको ब्यबहार देखेर बुढीले आफैपनि लगाउँने जाँगर गरिनन।

आफु पनि बिमार रहन थालिन र अहिले त्यहि निहुँमा उन्को मृत्यु भयो।बाँच्दा सम्मनी उनको आँखा ओभानो भैन।आज क्वाँरी मरेपछि उसैको बिगतलाई कोट्टाउँदै लाश कुरेर गफगर्दै बसेका थिए। राधे गएर बसेको एकैछिन पछि छोरा बाटु र बुहारी रुँदै चिच्चाउँदै आई पुगेका थिए।यति जोडले चिच्चाई चिच्चाई रोएका थिए कि सारा गाउँलेले सुने।जोड जोडले डाँको छाडेर रुँदै आएका थिए।बाटु आउँदा बित्तिकै आमाको मृत्यु सरिर नजिकै बस्छ,बुहारी भित्र यता उता केहि खोजेझैँ गर्थि।बुढी मरेपछि कात्रो समेत छिमेकीले किनेर ल्याएका थिए।बाटुको परिवारलाई आमाको माँया लाग्ने भए त्यो बुढी एक बर्षबाट बिमार हुँदा कसैले हाल सोध्न समेत आएनन तर अहिले गाउँमा देखाउन रुवाबास गर्दैछन,भन्दै राधेले मनमनै भन्छ।

एकछिन पछि दोमानमा लिएर क्वाँरीलाई पोल्छन बाटुले ले टाउको खुईराउँछ।१३दिन सम्म कृर्य बस्छ त्यही द्वौरान उस्ले आफ्नो आमाँको त्यो पाटो पनि बेच्दिन्छ।उस्ले बर्षदिन सम्म दुखः बोक्छ।त्यती भयपछि आमा स्वखर्ग गईन र बाटुले गरेको सबै पाप पखालियो।उस्ले आमालाई हिर्काउँन उठाएको त्यो लाठि बाँच्दा सम्म बुढीले सदै आफ्नो सिरानी बनाएर राखिन।छोराको कोसेली कयौँ पल्ट उस्लाई हेर्दै क्वाँरीका आँखा बाट आँसुको मूल फुट्थ्यो।

क्वाँरीलाई पोल्न जाँदा राधेले त्यो लाठीलाई बुढीको बलीरहेको चितामा राख्दै मन मनै भन्छ”अब यो लाठी कसैको छोराको हातमा नपरोश,मेरो बिन्तीछ।”

(कथा काल्पनिक हो यसका नाम पात्र सँग कसैको नीजि नाम मेल खान गयो भने त्यो मात्र सयोँग हुँनेछ।)

प्रतिक्रिया दिनुहोस