• २०८२ बैशाख १६ गते मङ्गलवार

चोरी र हातहतियार खरखजना मुद्दामा फरार पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९ , कैलाली । कैलाली प्रहरीले चोरी र हातहतियार खरखजना मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशाल विरुद्ध अदालतमा पेश गर्दा उनी विरुद्ध दुई वटा मुद्धा लागेका प्रहरीले जनाएको छ । यस्तै प्रहरीले भन्सार छलीका मोबाईलका ब्याट्री सहित १ जना पक्राउ गरेको छ । धनगढी उप(महानगरपालिका–१ पशुपति टोलमा बस्ने ३३ को साने आलमले पक्राउ गरेको छ ।

उनका साथ बाट मोवाईलका व्याट्री पनि बरामद् गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस