भाद्र ९ , कैलाली । कैलालीको घोडाघोडी नगरपालिका एकै दिन ३१ जनामा कोरोना पुष्टि भएको छ । सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा घोडाघोडीका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार वडा नम्बर १ का ३ महिला १ पुरुष गरी ४ जना, वडा नम्बर २ का ३ जना पुरुष गरी ३ जना, वडा नम्बर ५ का २ जना पुरुष गरी २ जना र वडा नम्बर १० का ११ जना महिला ११ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण देखिएको उनले बताए ।
उनिहरु केही दिन अगाडी भारत बाट सिधै आएर होम क्वारेन्टिमा बसेका थिए । स्वास्थ्य शाखाले भाद्र १ देखी ३ गते उनिहरुको स्वाव संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका लागी पठाएको थियो । तर सेती प्रादेशिक अस्पतालले उनिहरुको स्वाव परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाएको थियो । कोरोना संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य भएको स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए ।
संक्रमित व्यक्तिका घर परिवारको साथै उनिहरुको सम्पर्कमा आएकाहरुको स्वाव संकलन गरी परिक्षण गरीने स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए । उनिहरुको स्वास्थ्य अवस्था हेरी आईसोलेशनमा राखिने बताईएको छ । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ८२ पुगेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाका जनाएको छ ।