• २०८१ पुष २९ गते सोमवार

पूर्व गृहराज्यमन्त्री यादवको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका यादवको उपचारको क्रममा वीर अस्पतालमा हिजो निधन भएको उनका छोरा रामगोपाल यादवले बताए ।उनको हिजो नै गृहजिल्ला लगेर दाहसंस्कार गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश २ का अध्यक्ष समेत रहेका यादव पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहराज्यमन्त्री बनेका थिए ।


सर्लाही खुटौनाका ७२ वर्षीय यादवका दुई छोरा र एक छोरी छन् । उनको निधनमा राप्रपाका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस