• २०८१ माघ ११ गते शुक्रवार

अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, काठमाडौँ । अमेरिकामा एकै दिन ४० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार ४० हजार ५६५ जनामा संक्रमण पुष्टि भाएसगै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५९ लाख १४ हजार ७११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३२ लाख १६ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।


उपचार गराइरहेका २५ लाख १७ हजार ५४९ जनामध्ये १६ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८१ हजार ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९३ जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ८१ हजार नाघेको हो ।

प्रतिक्रिया दिनुहोस