भदौ ९, कञ्चनपुर । बेलौरीमा चट्याङ लागेर घाइते भएका २३ वर्षिय लोकेन्द्र चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८स्३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए । घाइते २३ वर्षीय लोकेन्द्र चन्द , वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । तर चन्दको उपचारकै क्रममा मृत्यु भएको हो ।
निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने भएको छ भने बाँकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।