भाद्र ९, काठमाडौं । पाटन अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना सङ्क्रमितको सोमबार मृ’त्यु भएको छ । पाटन अस्पताल ललितपुरका अनुसार सोमबार बेलुका उपचाररत २ जना पुरुषको मृ’त्यु भएको हो ।
मृ’त्यु हुनेमा भदौ ६ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौँ निवासी ७४ वर्षीय एक पुरुष र साउन २५ गतेदेखि उपचार गरहेका धनुषा निवासी ७६ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।