भदौ ९, बाँके । प्रहरीले अवैध रुपमा लागूऔषध कारोबार गर्र्ने एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलिले अवैध रुपमा चरेस ओसारपसार गर्ने डुडुवा गाउँपालिका वडा नम्बर ४ का रमजानअलि बागवानलाई तीन किलो पाँच सय ग्राम चरेशसहित साेमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार, प्रहरीले विशेष सुराकका आधारमा बागवानलाई पक्राउ गरिएको हो । बागवानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो ।
पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगञ्ज हुँदै भारत लैजाने गरिन्छ । नेपालगन्जमा लकडाउन, निषेधाज्ञाका बीचमा पनि लागु औषधीको कारोबार चलिरहेको देखिन्छ ।