• २०८२ बैशाख ९ गते मङ्गलवार

गजल “तिमिले मलाई”

मुरारी घिमिरे पढ्न लाग्ने समय : १ मिनेट

राख्यौ नजिक, बनाएर खास, तिमिले मलाई।
कोहि नहुँदामा, बोलाउन पास, तिमिले मलाई।

हालखबर बुझ्छेउ, तिमी मेरो, हर क्षण क्षणको,
बोली बचनमा, देखायौ मिठास, तिमिले मलाई।

धक-धक गरि,आफ्नै गतिमा, धड्किने मुटुको,
बनाएर राखिछेउ, चल्ने स्वास, तिमिले मलाई।

थाहा छैन, कति चिन्तित छेउ, तिमी मेरा बारेमा,
तर कहिले नि, हुन दिईनौ उदास, तिमिले मलाई।

माया के होरु, साच्चै मलाई, केही थाहा थिएन,
कसरि गर्ने हो, दिलायौ अभ्यास, तिमिले मलाई।

तारकेश्वर नगरपालिका ३, काठमाडौं।
हाल कतार।

प्रतिक्रिया दिनुहोस