• २०८१ माघ ११ गते शुक्रवार

गजल “गरिब र श्रमजिवी त बेघर भएकोछ।”

सुरेशकुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

शोषककै चोधर भएकोछ,
गरिब र श्रमजिवी त बे-घर भएकोछ।

छन वे-खौफ भ्रष्टचारी कालो बजारी,
सर्व साधारणलाई ठुलो डर भएकोछ।

जस्ले देश र जनताको हितमा लड्यो,
देश द्रोहीको लागि त जहर भएकोछ।

कस्ले अप्नायोर सर्बणकुमार को बानी,
प्रतेक घरभित्र राबण अंमर भएकोछ।

ब्यबस्था सतिप्रथा गयो भन्छन सबैले,
तर महिला त पुरुषमै निर्भर भएकोछ।

काँ गइ टुङ्गिछ होला समाज मान्छेको,
ब्यबस्था नी झन-झन गदर भएकोछ।

प्रतिक्रिया दिनुहोस