• २०८२ बैशाख ४ गते बिहिवार

१०९ जना कोरोना संक्रमित थप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैं कुल संक्रमित संख्या १८ हजार ४८३ रहेका छन ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस