श्रावण १०, बाँके । बाँकेमा गएराती साढे दश बजे कोहलपुर नगरपालिका वडा नं.९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा जाजरकोट घर भएका सागर चनाराको मृ’त्यु भएको हो । चनारा पैदल हिडिरहेका थिए ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारको क्रममा उनको मृ’त्यु भयो । चनारालाई ठक्कर दिएपछि भागेको एम्बुलेन्सलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।