• २०८१ माघ ११ गते शुक्रवार

गोदावरी नगरपालिकामा जनप्रतिनिधिमाथि कुटपिट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, कैलाली । कैलालीको गोदावरी नगरपालीकामा एक जना जनप्रतिनिधिमाथि कुटपिट भएको छ। नगरपालीकाको वडा नम्बर १ मा ग्रावेलको बिषयलाई लिएर भएको बिवादमा वडा सदस्यमाथि कुटपिट गरिएको हो।

भरतपुर टोलको रामजानकी मन्दिर नजिकैको बाटोमा ग्रावेल गर्दा स्थानिय कृष्ण बहादुर बोहरा र उनकी श्रीमती सरस्वती बोहराले वडा सदस्य कृत बहादुर चन्दमाथि कुटपिट गरेका हुन्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टका अनुसार बोहरा दम्पतीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा मुद्धा परेको छ। कुटपिटमा संलग्न कृष्ण बहादुर बोहरालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उनले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस