• २०८२ जेष्ठ ७ गते मङ्गलवार

युवकमाथि खुकुरी प्रहार गर्ने १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, कैलाली । कैलालीमा युवकमाथि खुकुरी प्रहार गरी घाईते बनाएको घटनामा १ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २८ वर्षीय रमेश बहादुर शाहीमाथि खुकुरी प्रहार गरेको आरोपमा १ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले खुकुरी प्रहार गर्ने २२ वर्षीय परेग न्यौपानेलाई पक्राउ गरिएको बताए। यस्तै घटनामा संलग्न अन्य व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ। घाइते शाहीको नेपालगञ्जमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस