• २०८१ माघ ११ गते शुक्रवार

१७ लाख बराबरको अबैध रुपमा ल्याइएको खसी नियन्त्रणमा

नन्दु यादव पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ५ रतनगन्जबाट अबैध रुपमा ल्याइएको खसी शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अबैधररुपमा ल्याएर रतनगन्जको एउटा छाप्रोमा राखिएको अवस्थामा प्रहरीले ति खसीहरुलाई नियन्त्रणमा लिएको हो।

विशेष सुचनाको आधारमा शसस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६ नम्बर गण बेलासपुरबाट शसस्त्र प्रहरी निरिक्षक सुमन अधिकारी र शसस्त्र प्रहरी बल अस्थायी पोस्ट बलिनगरका शसस्त्र प्रहरी निरिक्षक धनबहादुर रानाको संयुक्त टोलिले रु १७लाख बराबर मुल्य रहेका कुल ८५वटा खसीहरु नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल २६नम्बर गण बेलासपुरका प्रमख भरत खनियाले जानकारी दिनुभयो । साथै अबैधरुपमा नियन्त्रणमा लिएको खसीहरु आवश्यक कार्वाहिका लागि महेशपुर भन्सार कार्यालय पठाइएको खनियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस