श्रावण १०, मुगु । हिमाली जिल्ला मुगुमा रहेको एक गैर सरकारी संस्था सहास नेपालले मुगुका विद्यार्थीलाई कोचिंङ क्लास सुरु गरेको छ । विश्वमहामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दिलाई मध्येनजर गर्दे यस संस्थाले घरमा बसेका बालवालिकालाई पठनपाठनमा बाधा नपुगोस भनि कोचिंङ क्लास सुरु गरेको सहास नेपाल मुगुले जनाएको छ ।
संस्थाका अनुसार जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि ७ वडाका वालवालिकालाई विशेष गरेर दलित, जनजातिका बालवालिकालाई प्राथमिकतामा राखेर कोचिंङ क्लास सञ्चालन गरेको सहास नेपाल मुगुका कार्यालय प्रमुख जित बल राईले बताए । उनका अनुसार पछिल्लो समय लकडाउनले गर्दा विना काम बालवालिकाहरु घरमा खेल्ने गरेको र पढाई तिर पनि ध्यान नगएको हुदा पठनपाठनमा थोरै भएपनि केही ज्ञान हासिल गरुन भनि कोचिंङ क्लास सञ्चालन गरिएको राईको भनाई रहेको छ । अहिले नगरका २८ वडा कोचिंङ सेन्टरमा पढाई सञ्चालन भईरहेको छ । एउटा सिफ्टमा २० जनागरि १०/१० जनाको समुहबनाई र सामाजिक दुरी कायमगरि अध्ययन भईरहेको जानकारी दिनु भयो । उनले भने अभिभावकबाट अझ बढि कोचिंङ क्लास सञ्चालन गर्न माग आई रहेको छ, यस मागलाई आत्मसाथ गर्दे संस्थाले अवथप ३५ वटा सम्म कोचिंङ क्साल सञ्चालनगर्ने लक्ष्य राखेको उनको भनाई छ ।
सो कोचिंङ क्लासमा अहिले अध्यापन गर्ने विद्यार्थीको घुईचो लाग्ने गरेको जनाईएको छ । विद्यार्थीहरुले कोचिंङ क्लास लिए पश्चात पठनपाठनमा ठप्प भएका वालवालिका भने संस्थाले कोचिंङ क्लास सञ्चालन गरे पछि खुसि भएका छन् । अहिले शिसु देखि ३ कक्षा सम्म पढाई भईरहेको छ ।