• २०८१ जेष्ठ ७ गते सोमवार

नाग्म गमगढी सडक निर्माणको क्षतिपुर्ति सडक विभागमा

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, मुगु । नाग्म गमगढी सडक निर्माणका क्रममा स्थानीयवासीको जमिनमाभएको क्षतिकालागि सडक डिभिजन विभाग जुम्लामा निवेदन दिनु पर्ने भएको छ । सडक निर्माणका कारण जग्गामापुगेको क्षतिका विषयमा स्थानीयवासीले सहयोगका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन खोजे पनि जिल्ला प्रशासन कार्यालयले निवेदनदर्ता जुम्लामा गर्नु पर्ने भन्दै फिर्ता पठाएको पाईएको छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का स्थानीयवासी जयबहादुर बुढाले सडक निर्माणका क्रममा ताल्चनजिक रहेको जग्गा विग्रेको भन्दै क्षतिपुर्ती मागका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले निवेदन सडक विभाग जुम्लामा दर्ता गर्ने व्यवस्था गरिएको बताए ।

सडक विभागले गरिरहेको सडक निर्माणका क्रममा जमिनको क्षति भोगिरहेका सबैले सडक डिभिजन कार्यालय जुम्लामा निवेदन पेश गर्नु पर्ने भए पछि स्थानीयवासीले दुःख व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस