श्रावण ९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा देखिएको विवाद समाधानका लागि शीर्षनेताबीच सहमतिको उपयुक्त प्रारुप ९मोडेल० खोजी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिको मोडेलबारे गम्भीर छलफल भएको हो । उनीहरूबीच सहमतिका विभिन्न मोडेलबारे छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेपछि यस विषयमा पनि छलफल जारी छ । तर, दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेता मंसिरमा महाधिवेशन गर्न सम्भव नभएको निष्कर्षमा पुगेका छन् ।
सुरुमा दाहाल, नेपालसहितका नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि संकट चुलिएको थियो तर पछिल्ला दिन राजीनामा विषय मत्थर भएको छ । प्रधानमन्त्री ओलीले सुरुदेखि नै दु्बै पदबाट राजीनामा नदिने तर जस्तोसुुकै परिस्थिति सामना गरेर अघि बढ्ने बताउँदै आएका छन् ।
ओलीले राजीनामा दिनुपर्ने भन्ने अडानमा रहेका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि राजीनामा विषय छोडिसकेका छन् । उनीहरू राजीनामाले समस्या समाधान नहुने भन्दै सहमतिको विकल्प खोज्नुपर्ने निष्कर्षसहित मौन बसेका छन् । उपाध्यक्ष गौतमले एक कार्यक्रममा आफू ओलीले राजीनामा दिनुपर्ने मागको पक्षमा नरहेकोसमेत बताएका छन् ।
ललितपुर खुमलटारस्थित दाहाल निवासमा पूर्वमाओवादी स्थायी कमिटी सदस्य भेलासमेत ओलीस“ग सहकार्य गरेर अघि बढ्नुपर्ने निष्कर्षमा पुगेपछि ओलीको राजीनामा टरेको हो ।
अध्यक्ष दाहाल, उपाध्यक्ष गौतम, सचिवालय सदस्य थापालगायत नेता तत्काललाई राजीनामा मागबाट ‘व्याक’ भए पनि वरिष्ठ नेताद्वय नेपाल, खनाल गायत भने अझै ओलीले दुबै पदबाट राजीनामा दिनैपर्ने अडानमा स्रोतको दावी छ ।
शीर्षनेता आ–आफ्नै अडानमा अडिग भएपछि पार्टी नै विभाजन हुनसक्ने स्थितिमा पुगेको थियो । तर, दोस्रो तहका साथै युवा नेताको दबाबले तत्काल पार्टी विभाजन हुने अवस्था नरहेको बताइएको छ । युवा नेताले शीर्षनेतालाई मिलेर अघि बढ्न निरन्तर दबाब दि“दै आएका छन् । सोही कारण ओली र दाहाल सहमतिको मोडेल खोजीमा रहेको बताइएको छ ।
‘नारा लगाउनु गलत’
नेकपा अध्यक्ष दाहालले पार्टीमा सहमतिसाथ अघि बढ्ने विकल्प खोजी भइरहेकै बेला सडकमा ‘जिन्दावाद र मुर्दावादको नारा लगाउनु गलत भएको’ बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीकै निर्देशनमा नारा लगाइएको आरोप लगाए । दाहालले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन परेको नेकपा एमाले ओलीकै निर्देशनमा जन्मिएको संगीन आरोपसमेत लगाएका छन् । पार्टी बैठक चलिरहेकै समय अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको दाबी उनले गरेका छन् ।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै अध्यक्ष दाहालले पार्टी बैठक चलिरहेकै समय मुलुकभर आफना कार्यकर्तालाई ‘जिन्दावाद र मुर्दावादको नारा लगाउन लाउनु र निर्वाचन आयोगमा एमाले नामको दल दर्ता गर्न लगाउनु दुबै गलत काम भएको’ बताए ।
राष्ट्रपति निवासबाट जनताको बहुदलीय जनवाद ९जबज०को तुरुप फालिएकोप्रति संकेत गर्दै दाहालले ‘जबज र माओवाद जिन्दावाद भन्ने नारा लगाए एकता नै नरहने’ चेतावनीसमेत दिए । वैचारिक विषयमा पार्टीमा बहस हुनसक्ने बताउँदै उनले ‘जबजको अत्तो थाप्नु पार्टी फुटाउनु नै भएको’ बताए ।
‘जबजका आधारमा समाजवाद उन्मुख भनिएको छ । माओवाद र जबज जिन्दावाद भनियो भने एकता तोडमोड गरिएको ठहरिन्छ । त्यसो नगरौं हामी पार्टीमा छलफलमा जुटिरहेका छौं । पार्टी भनेको विचार र विधि हो । कम्युनिष्ट पार्टी भनेकै विचार हो,’ दाहालले भने । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।