• २०८२ बैशाख २९ गते सोमवार

थप ४३४ जनामा संक्रमण पुष्टि, कूल संक्रमित संख्या ११ हजार १६२ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेका छन ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाए अनुसार ४८ महिला र ३८६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमित निको भएका छन । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस