असार ११, बाजुरा । बाजुरामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका ४ गरेर हाल सम्म बाजुरामा १ सय २ जना संक्रमित पुगेका छन् ।
जुम्लाको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परक्षणमा बाजुराको बुढीगंगा नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । आज भएको परिक्षणमा बुढिगंगा नगरपालिकाका ९० जना मध्ये ८६ जनाको नेगेटिभ आएको छ । नगरपालिकाले केही दिन पहिला ३ सय ३८ जनाको स्वाब जुम्ला पुर्याएको थियो ।
अहिले सम्म जिल्लामा बडिमालिका नगरपालिकाका ४० जना, बुढिगंगाको २६ जना, त्रिबेणि नगरपालिकामा ३५ जना, जगन्नाथ १ जना र १ जना स्वामिकार्तिक गाँउपालिकाको रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ ।