• २०८१ चैत्र २ गते आइतवार

थप ७२ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ६७५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ । नयाँ संक्रमितहरु धनुषा, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बाँके, बर्दिया र दैलेखका रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ६ जना, काठमाडाै टाेखामा २, बुढानिलकण्ठकाे १ जना, बारामा २ जना र राैतहटमा २६ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । यस्तै बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गिरएकाे परिक्षणमा सप्तरीकाे २ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परिक्षणमा बाँकेकाे ४ र बर्दियाकाे १ जना, किटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्र, हैटाैडामा गरिएकाे परिक्षणमा बाराका २१ जनामा, भेरी अस्पतालमा दैलेखका ५ जना, प्रदेश अस्पताल सुर्खेतमा २ जनालाइ काेराेना संक्रमण देखिएकाे छ ।

मन्त्रालयका अनुसार संक्रमितहरू सबै स्वास्थ्यकर्मीहरूकाे सम्पर्कमा हुनुहुन्छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस