जेठ १२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधताले नेपालीलाई एक ढिक्का बनाउन सहयोग गर्ने बताउदैं ईदको अवसरमा इस्लाम देश तथा विदेशमा रहनुभएका दाजुभाई दिदीकहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा मानि आएका विभिन्न धार्मिक तथा सांस्कृतिक विविधताले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवं पारस्परिक सहयोगलाई एक ढिक्का भई थप प्रगाढ बनाउन विशेष सहयोग गर्ने बताउनुभएको छ ।
लकडाउनको अवस्थामा भर भित्रै रहेर सुरक्षित रहि पर्व मनाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।