जेष्ठ १२ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल फितरको अवसरमा देश तथा विदेशमा रहनुभएका दाजुभाई दिदीकहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना पत्रमा नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक तथा बहुधार्मिक भएको विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै धार्मिक तथा सांस्कृतिक एकता र सहिष्णुताको पुँजीलाई समृद्ध नेपाल निर्माणको लागि सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।
शुभकामना पत्र