• २०८१ साउन १ गते मङ्गलवार

ओम मेडिकलले दियो खबर24नेपाल डटकम ५. ब्युरो टिमलाई स्वास्थ्य सामग्रीहरु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, दाङ । भालुवाङ पुलचौकमा रहेको ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा.शंकर नाथ योगीले खबर 24 नेपाल ५. नम्बर प्रदेश ब्युरो टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । खबर 24 नेपाल डटकममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको ५। नम्बर नम्बर प्रदेश ब्युरो चिफ सागर थापाले जानकारी दिनुभएको छ ।

ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा. योगीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा सो कार्य गरिएको ओम मेडिकल फार्मेसीले जनाएको छ ।

अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी सूचना सङ्कलका लागि बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको पुलचौक भालुवाङ ओम मेडिकल फार्मेसीका डा. योगीले ३ सय थान मास्क, २ ड्ब्बा स्यानी टाइजर र २ डब्बा ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

प्रतिक्रिया दिनुहोस