• २०८० फाल्गुन १० गते बिहिवार

कलकारिताको माध्यम बाट सामाजिक जागरणमा सधैं सक्रिय मेखराम

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख १३, प्युठान । हरेक मान्छे सुखमय जीवनका लागि दौडिरहन्छ, व्यक्तिगत होस् वा पारिवारिक स्वार्थका लागि। तर, नेपाली समाजमा यस्ता व्यक्तिहरू पनि छन् जो समाजका लागि रातदिन दौडिरहेका हुन्छन्। जो समाजका लागि बाँच्न चाहन्छ तिनै व्यक्ति समाजमा महान् हुन्छन्।

कुनै कामको शुरुवात गरेपछि सफलता नै मिल्छ भन्ने छैन । तर, जीवन सफल बनाउनका लागि मानिसले थुप्रै त्याग र बलिदान गरेको हुन्छ । त्यसैले भनिएको होला– जीवन नै संघर्ष, संघर्ष नै जीवन हो । जीवनमा सफलता पाउन मानिसले अनेकौं संघर्षका सिँढीहरु पार गर्नुपर्छ । अनि मात्र मानिस सफल हुन्छ । जीवनमा अनेकौं संघर्षका सिँढीहरु पार गर्दै नेपाली समाज रूपान्तरणमा सर्वपरिचित नाम हो मेखराम सुनार ।

आज भन्दा करिब ३५ वर्ष पहिले २०४२ साल फागुन १५ गते प्युठानको गौमुखी गाउँपालिकाको पुजामा जन्मिनुभएका सुनार सामाजिक जागरण, महिला र बाल अधिकारको क्षेत्रमा अनवरतरूपमा समर्पित हुनुहुन्छ। उहाँ पेसाले कलकारिता भए तापनि कलकारिताको माध्यमबाट बालविवाह, छाउप्रथा, जातीय विभेद न्यूनीकरण तथा गरिबी उन्मुलनमा पनि उहाँ उत्तिकै चिन्तनशील हुनुहुन्छ, अर्को अर्थमा मानव हितमा क्रियाशील हुनुहुन्छ।
उहाँलाई यही कार्यले आत्मसन्तुष्टि मिलेको छ। जहाँ जुन ठाँउमा रहेपनी बालविवाह, छाउपडी प्रथा, महिला हिंसा, बाल अधिकार तथा सामाजिक कुरीति र कुसंस्कारविरुद्ध अभियान चलाउँदै विभेदरहित समाज निर्माणको अभियानमा अनवरतरूपमा क्रियाशील हुनुहुन्छ।

२०५८ सालमा ससस्त्र जनयुद्धमा होमिएका सुनार २०६२/६४ सालमा जनआह्वान साप्ताहिक बुटवल को समाचार दाता अनि रेडियो जागरणमा २ बर्ष सम्म संचार कर्मी को भुमिका तथा गणतान्त्रिक रेडियो कर्मी सँग रुपेन्देहीको सदस्य,त्यसपछि प्युठानको लिस्ने आवाजको शुरुवाती चरणमा कार्यक्रम संयोजक ,संचार कर्मी प्रशिक्षक त्यति नै बेला तत्कालिन माओवादी को जिल्ला सदस्य , सरस्वति कलाकेन्द्र खोलेर प्युठानमा संगीत शिक्षाको शुरुवाती गर्ने प्रथम व्यक्ति , दलित आन्दोलनका एक यात्री , २०६६ पश्चात कलाकारिता क्षेत्रमा प्रवेश , हाल सम्म पनि अध्ययन र कलाकारिता क्षेत्रमा आवद्द हुनुहुन्छ l खासगरी संचार जगतमा रहँदा २०६५/६७ मा प्युठानी जनताबाट पाएको अथाह माया स्मरण गर्दै पुनः जिल्लामा
समाज रूपान्तरणको संवाहकका रूपमा दलित, महिला, जनजाति, बालबालिका र पिछडा वर्गका समस्याहरूको समाधानका लागि सहजीकरणको माध्यमबाट राज्यका हरेक निकायमा वकालत तथा पैरवीका लागि कलकारिताकै माध्यमबाट समाजसेवामा जोडिएर प्युठानी माझ उस्तै माया पाउने आशमा हुनुहुन्छ ।

उहाँको भाग्यरेखा भावीले कोरिदिएको होइन, उहाँ आफैं कोर्नुभएको हो। निरन्तर साधना र सत्कर्मबाट भाग्य चम्कन्छ या भनौं सामाजिक क्षेत्रमा काममा लाग्ने प्रेरणा दिन्छ। उहाँको जीवनले यही देखाउँछ। सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरूका माझ उहाँको नाम मात्रै होइन कार्यशैली पनि चर्चित छ। कलकारिता क्षेत्रमा उहाँको चर्चा जति छ, उस्तै चर्चा अन्य काममा पनि।
गाउँको बिध्यालय बाट कखरा सिकेका सुनारले सिभिल इन्जिनियरिङ उतिर्ण गर्नुभएको छ। ‘म सानै थिएँ, उहाँ भन्नुहुन्छ – ‘सानो छँदा विद्यार्थी उमेरमा दुर्गम गाउँघर पुग्थें, त्यहाँ जाँदा बच्चा जन्माएर पनि महिलाहरूले दाउरा घाँस काट्न जाँदा पछाडि भारी, अगाडि बच्चा बोकेको देख्दा उनीहरूको पीडा कम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’ त्यति मात्र होइन, उनीहरूको अधिकारको क्षेत्रमा काम गर्ने सोच पलाएको सुनारले सुनाउनुभयो– ‘कलाकार बन्छु भन्ने लागेकै थिएन, तर अहिले कलाकारिता संगै सामाजिक क्षेत्रमा काम गरिरहेको छु।”त्यसबेला दलित, महिला अधिकार र बाल अधिकारको क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर सोच्थें, त्यसबेलादेखि नै सामाजिक कार्यमा लागिपरेको हुँ।” हाम्रो पालामा एसएलसी पास गर्ने थोरै हुन्थे। मैले पढ्ने स्कुल गौमुखी माध्यामिक बिध्यालय ठुलाबेसी बाट एसएलसी पास गरेका हु ’, सुनारले भन्नुभयो – ‘उच्च शिक्षा पढ्न काठमाडौं हानिएर , भिसिई कलेजमामा भर्ना भएँ,यिनै सवालमा उहा अनवरत रूपमा कलकारिताको माध्यम बाट सामाजिक कार्यमा लागि पर्नुभएको छ। उहाँको सपना हो ‘सभ्य र कलकारिताकै माध्यम बाट समतामूलक समाज निर्माण।’

प्रतिक्रिया दिनुहोस