• २०८१ माघ ८ गते मङ्गलवार

मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मृग जस्तै देखिने जंगली जनावर मारेको आरोपमा सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का दुई जनालाई नियन्त्रणमा लिएको छ । मृगको जस्तो देखिने जंगली जनावरको मासु सहित त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २, लुङगुर्पाका ३९ वर्षका हिरा बहादुर गुरुङ र सोही स्थानका ३४ बर्षका टपिन्द्र बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुले घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जानकारी दिएको छ ।  उनिहरुको साथबाट दुई नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस