• २०८१ मङ्सिर २२ गते शनिवार

अमेरिकी कृषि प्रणाली र हामीले सोच्नुपर्ने कुरा

खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

हाल अमेरिका विश्वको धनी र सम्पन्न राष्ट्रकोरुपमा संसारभर प्रतिष्ठित छ । ५० वटा राज्य मिलेर बनेको संयुक्त राज्य अमेरिकामा लगभग १९४६५ वटा शहरहरु छन् र करिव ९८ लाख वर्ग कि.मि.मा फैलिएको अमेरिकामा करिब ३३ करोड जनसँख्या छन् । संसारमा हरेक सामानहरु निर्यात गर्नको लागि चीनपछि अमेरिका नै हो ।

तर हालसालै विश्वमा फैलिइरहेको कोरोना भाइरसको असर सवभन्दा वढि अमेरिकामा परेको छ । दोश्रो विश्व युद्धलाई टाढैबाट .नजरन्दाज गरिराखेको अमेरिकाले पछि वाध्य भएर युद्धमा होमिन पुग्यो र जापानको हिरोसिमा र नागासाकीमा एटम वम प्रहार गरेर तहस नहस पारी जापानलाई सरण पर्न वाध्य वनायो र युरोप र एशियाली मुलुकहरुमा लडाई जारी राखि आफुले हतियारको व्यापार गरेर विश्व मानचित्रमा शक्तिसाली राष्ट्रकाे रुपमा उदाएको अमेरिका अहिले आर्थिकरुपमा अग्रपंक्तिमा छ । वाहिरी संसारमा अमेरिका स्वर्गजस्तै मुलुक हो भनिएता पनि त्यहाँको अर्थ ब्यवस्था पनि गाउँ वस्तीहरुमा लगभग ४० प्रतिशत कृषिमा नै आधारित छ । अमेरिकाको गाउँलाई एउटा सानो शहर पनि भन्ने गरिन्छ तर त्यहाँको गाउँवस्तीहरु हाम्रा नेपालका गाउँ घरजस्ता हुँदैनन् । निश्चित माप दण्डअनुसार घर र कम्पाउण्ड वनाइएको हुन्छ । घरपालुवा जनावरहरु सडकमा हिड्न पाउँदैनन् । प्रत्येक चौपायहरुलाई घेरावन्दीमा राख्नुपर्दछ । प्रत्येक किसानहरु अनुशासनको दायरामा बाँधिएका हुन्छन् । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइमा हामेसा नेपालको जस्तो सैद्धान्तिक ज्ञान बाँडिदैन । त्यहाँ त व्यबहारिक ज्ञानलाई पहिलो प्राथामिकता दिइन्छ र जुन कृषि वस्तुको उत्पादन गर्ने हो त्यहि विषयलाई लिएर अध्ययन गराइन्छ ।

गाउँको जग्गा सस्तो हुन्छ, कृषक सवैसँग प्रायः कार हुन्छ । खेति गर्ने आधुनिक प्रणाली हुन्छ । कृषि औजार प्रयोग गर्नको लागि रोवर्ट प्रयोग गरिएको हुन्छ । त्यहाँका किसानलाई एक अर्कासँग कसैको चासो हुँदैन । न त हाम्रो जस्तो चौतारी, पिढी, पेटीमा वसेर गफ चुट्ने फुर्सद हुन्छ उनीहरुलाई । केहि समय पायो कि त अनुसन्धान या त खेलकुद या अन्य आफ्नै धन्दामा व्यस्त हुन्छन् । विश्वविद्यालयसम्मको पढाई निशुल्क हुन्छ । एउटा गरीव किसानले पनि मासिक नेपाली रुपैया वरावरको करिब एक लाख पचास हजार रुपैया कमाएका हुन्छन् । सरकारलाई प्रशस्तै कर तिरेका हुन्छन् र त आफुलाई अप्ठ्यारो पर्यो भने सरकारले रेखदेख गर्दछ । त्यसैले त धनी देसका नागरिकहरु विरामी पर्दाको अवस्थामा सरकार जिम्मेवार हुने भएकोले उनीहरुमा सरकारप्रति विश्वास वढेर जाने हो । न कि गरीव देसका जनताले त्यस्तो सोच्न मात्र पनि सकुन् ।

एउटा अचम्म लाग्दो कुरा के छ भने पहिला बेलायतबाट यी तुच्छ जाती भनेर लखेटिएका अमेरिकीहरु तात्कालिन समयमा हामी तुच्छ व्यक्ति रहेछौं र अव हामीले केहि गर्नुपर्दछ भन्ने भावनाले ओतप्रोत भई उनीहरुमा देस भक्तिको भावना जागृत भयो र संसारमा केहि चमत्कार देखाउनुपर्दछ भन्ने चिन्तनकासाथ उद्योग धन्दा, कल कारखानाहरु, विभिन्न अनुसन्धान केन्द्रहरु जो विज्ञानसँग सम्बन्धित थिए, स्थापना गर्दै गए र पछि उनीहरुमा के सोच आयो भने अव संसारका धेरैजसो विद्धान मानिसहरु जमघट गराउने र मनग्य तलव दिई आफ्नै देसको नागरिकता दिलाएर राख्ने धारणा विकसित गरे र आज हेर्नुहोस् त्यहाँका बैज्ञानिक, विज्ञ, डाक्टर, प्रोफेसरलगायत हरेक क्षेत्रका मानिसहरु प्रायः बाहिरी देसबाट गएर डि भी प्राप्त गरी प्रशस्त आम्दानी गरेर वसेको पाइन्छ र आज उसले संसारका हरेक देसका विद्धान मानिसहरुलाई प्रलोभनमा पारी विश्वलाई नै चकित पारिराखेको छ ।

त्यहाँका राष्ट्पति प्रायः भर्जिनिया राज्यका हुन्छन् । विश्वका गरीव देसका खानीहरुबाट जस्तै हिरा, सुन, तेल आदि मुल्यवान चिजहरु पत्ता लगाई प्रायः संचित गरेर राखेको छ । लगभग सय वर्षलाई पुग्ने तेल पनि खाडी मुलुकबाट संचित गरिसकेको छ अमेरिकाले । यदि पृथ्वीमा संकट आइपर्यो भने मंगल ग्रह र चन्द्रमामा कसरी वस्ती वसाउने भन्ने वैज्ञानिक सोच चिन्तनकासाथ अगाडि वढेको अमेरिकामा अहिलेको कोरोना भाइरसले गर्दा त्यहाँको जनजीवन र अर्थतन्त्र केहि हदसम्म सँकुचनमा ल्याएको छ र उ रातदिन लागिपरेको छ यो रोग विरुद्धको भ्याक्सिन आविष्कार गर्नको लागि । उसलाई अहिले चिन्ता एक चिजको मात्र छ कि कतै अहिलेको यो महामारीले उसलाई चीनभन्दा पछाडि धकेल्ने त होइन ? दोश्रो विश्वयुद्धमा हतियारको व्यापार गरेर विश्वमा चर्चित अमेरिकालाई कतै अहिलेको यो कोरोना भाइरसको महामारीले गर्दा चीनको दुर्त गतिको औषधि विक्री वितरणको कारणले चीनभन्दा पछाडि धकेल्ने त होइन । विश्लेषकहरुले अहिले विभिन्न कोणबाट विश्लेषण गर्न थालेका छन् ।

त्यसैले हामी नेपालीले अव अग्र सोच लिएर विना राजनैतिक आग्रह पुर्वाग्रहकासाथ अगाडि बढ्ने समय आएको छ । देस विकासमा राजनीतिको लेप लगाइयो भने देस र जनताको समृद्धि कहिल्यै हुँदैन भन्ने कुराहरुको उदाहरण युरोपियन र अमेरिकी मुलुकबाट पनि सिक्न सकिन्छ र अव ढिला भइसकेको छ । तसर्थ हामी र हाम्रा सोचलाई शहरकेन्द्रित गर्नुभन्दा पनि हाम्रा गाउँघरमा भएका खेतीयोग्य फाँट, बेसी, उपत्यका, टार आदिमा नजिकबाट अविरल बगिरहेका नदीनालाबाट सिँचाइको व्यबस्था गरी हराभरा उब्जाउ फाँटहरुमा परिणत गर्नुपर्ने आवश्यकता तड्कारो देखिएको छ । यसको लागि सरकारले आधुनिक कृषि औजार, मल, विउविजन, उत्पादनमा हौसला, बाहिरबाट आयातित उत्पादीत वस्तुहरुमा रोक लगाई स्वदेसमा उत्पादन भएका कृषि अन्नवालीहरुलाई वजारीकरण गर्ने मामलामा पहिलो प्राथामिकता दिनुपर्ने देखिन्छ । यहि नै हो अहिलेको कोरोना भाइरस युद्ध जितेपछिको विकल्प यदि नेपाली अर्थतन्त्रलाई सवल वनाउने हो भने । त्यसैले सवै एकजुट हौं, हामीले सपना त धेरै देख्यौ तर दीवा स्वप्न देख्न सकेनौ अनि सोच्न त सोच्यौं तर सोचलाई जाँगरमा वदल्न सकेनौं र त आज दुनियाको अगाडि सियोदेखि मियोसम्म, सुनदेखि नुनसम्म पनि अर्काकै भरमा गुजारा चलाउनुपर्ने स्थिति छ ।

प्रतिक्रिया दिनुहोस