• २०८० फाल्गुन १० गते बिहिवार

नेपालगन्जमा मोटरसाइकल दुर्घटना : प्रहरी जवानको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३,  बाँके ।  नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । ड्युटी सकेर राती कोठामा जादै गरेका प्रहरी जवान सुभाष सार्कीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा राती अढाई बजे दुर्घटनामा परेका थिए । स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै ड्युटीमा रहेका प्रहरी जवान सार्की राती दुई बजे ड्युटी सकेपछि कोठामा जान हिडेकाेमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस