• २०८१ माघ ९ गते बुधवार

अन्तर्राष्ट्रिय उडान जेठ २ सम्मका लागि स्थगित 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । कोरोना भाईरस (काेभिड १९)का कारण बन्द रहेको आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने सरकारले पुनः निर्णय गरेको छ ।

आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले तत्कालका लागी उडान खुलाउन नहुने भन्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय लिएको हो।

यसअघि सरकारले अघिल्लो निर्णयमा वैशाख १८ सम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस