• २०८२ जेष्ठ १ गते बुधवार

आज उच्चस्तरीय समितिको बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, ,काठमाडौँ । आज कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक बस्दै छ । लकडाउनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

समितिको बैठक आज ११ बजे सिंहदरबारमा बोलाइएको हो । तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गतरातिदेखि सकिने भएकाले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति बैठकले लकडाउन थप सम्बन्धी निर्णय गर्ने तयारी गरेको छ । यो पटक लकडाउन सरकारले केही खुकुलो बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषदको हिजोको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मेवारी समितिलाई दिएको थियो । संसदीय समितिले समेत शहरी क्षेत्र, ग्रामीण क्षेत्र, साना ठूला उद्योग सञ्चालित क्षेत्रसमेतको स्थान वर्गीकरण गरी आंशिक तथा पूर्ण लकडाउन गर्ने गरी छनोट नीति अवलम्बन सरकारलाई सुझाब दिएको छ ।

कृषि बाली लगाउने, बाली उठाउने, तरकारी लगायत कृषि उत्पादनहरू कृषकबाट सङ्कलन, ढुवानी, वितरणको व्यवस्थापन प्रणाली सहज र प्रभावकारी बनाउन सरकार स्वयं वा निजी तथा सरकारी क्षेत्रबाट प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने समितिको भनाइ छ । चैत्र ११ गतेदेखि लकडाउन सुरु गरिएको थियो । यो विचमा दुईपटक यसको समय लम्बाएर बैशाख १५ गतेसम्म पुर्‍याइएको थियो ।

प्रतिक्रिया दिनुहोस