• २०८० असोज ७ गते आइतवार

आजको मौसम : पुर्वी र मध्य भू-भागको केहि स्थानहरुमा वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ। जसको प्रभावले देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक बदली रहेको छ।पुर्वी र मध्य भू-भागको केहि स्थानहरुमा वर्षा भइरहेको छ्र

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ भने राती पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहीनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस