• २०८१ मङ्सिर २२ गते शनिवार

फाल्गुण २२ गते देखी सुरु हुन लागेको प्रादेसिक महोत्सवको अवसरमा पत्रकार भेटघाट सम्पन्न

सन्दिप डागी रोल्पा पढ्न लाग्ने समय : २ मिनेट

फागुन १३, रोल्पा । फाल्गुण २२ गते देखी रोल्पा नगरपालीका २ रेउघामा सुरु हुन लागेको प्रादेसिक महोत्सवको अवसरमा पत्रकार भेटघाट सम्पन्न भएकोछ । प्रादेशिक औद्योगीक लघु घरेलु कृषि, खेलकुद, तथा प्रविधि प्रदर्शनि व्यापार एवं पर्यटन महोत्सव २०७६ मुल आयोजक समितिले मंगलबार पत्रकार भेटघाट गरेको हो ।

मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको, भन्ने मुलनाराका साथ सञ्चालन हुन लागेको महोत्सवको आयोज नेपाल घरेलु तथा साना उद्योग महासघं रोल्पा साखा र सह–आयोजक घरेलु कार्यालय र कृषि ज्ञानकेन्द्र रहेका छन् । यहि फाल्गुण २२ गते देखि चैत्र २ गते सम्म रोल्पा नगरपालीका २ रेउघामा महोत्सव सञ्चालन हुने भएको छ । महोत्सवलाई सफल बनाउनको लागी विभिन्न १० समुह गठन गरिएको छ । जस्मा मन बहादुर नेपालीको संयोजकत्वमा सचिवालय तथा सुरक्षा व्यवस्थापन उपसमिति, हर्क बहादुर डागीको संयोजकत्वमा निर्माण तथा वाल उद्यान, सरसफाइ खानेपानी विद्युत व्यवस्थापन,मिलन डागीको संयोजकत्वमा स्टल वुकिङ, प्रायोजक तथा विज्ञापन व्यवस्थापन, गञ्ज बहादुर साहिको संयोजकत्मा कला सस्कृति झाकि व्यवस्थापन, रविन्द्र घर्तिको सयोजकत्वमा आर्थिक टिकट छपाइ व्यवस्थापन, मानसिङ वि.क को संयोजकत्वमा प्रचार प्रसार वातावरण तथा पार्किङ व्यवस्थापन, गिता आचार्यको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च सजावट, उद्घाटन तथा समापन व्यवस्थापन, अनाराम सुनारको संयोजकत्वमा स्मारिका प्रकाशन व्यवस्थापन, दयाराम डागीको र संयोजकत्वमा अनुगमन मुल्याकंन व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस महोत्सवमा सहभागी विभिन्न क्षेत्रका १ सय देखि २ सय जना उद्यमि व्यवसायीहरुले करिव ५ लाख वरावरको आर्थिक कारोवार गर्ने र ५० देखि ७० हजार दर्सक हरुले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस