• २०८१ चैत्र २ गते आइतवार

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम बाजुरा जिल्ला भेला सम्पन्न

पढ्न लाग्ने समय : ३ मिनेट

माघ ११, बाजुरा । जिल्लाका विभिन्न संचार माध्यमका कार्यरत पत्रकारहरुले पत्रकारिताको विकास र क्षमता बढाउनका लागि तीन ‘क’को निर्णय लिन भन्दा गहिरो सोच बनाएर मात्र निर्णय लिन कार्यक्रमका सहभागी त्रिवेणी नगरपालिकाका उप प्रमुख राधिका सुनारले सुझाव दिएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम बाजुरा जिल्ला भेलामा पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गर्नुभएकोे छ ।

भेलामा दलित समुदायहरुका रहेका विपन्न र पिछडिएका वर्गको आवाज संचार माध्यममा ल्याउन नगर उप–प्रमुख राधिका सुनारले जोड दिइन् । उनले पत्रकारिता पेशामा कसम,कमल र कदम चाल्नु भन्दा पहिले पत्रकारको धर्म मर्म र कर्मलाई आत्मसाथ गरेर मात्र निर्णय गर्न सुझाव दिइएको छ । पत्रकारहरुले जुनसुकै कार्य गर्दापनि हतारमा तीन ‘क’ लिन हतारो गर्ने प्रवृति देखिएकाले यसले पत्रकारिता पेशा नै धरापमा जान सक्ने उप–प्रमुख सुनारको भनाई रहेको छ । जिल्लामा मात्र जातिय विभेद र छुवाछुत अन्त्य गर्नुभन्दा संघ र प्रदेशमा समेत यो विभेद कायम रहेकाले सो क्षेत्रबाट नै जातीय छुवाछुत तथा विभेद अन्त्य गर्नुपर्ने अपरिहार्यता रहेको सुनारले बताइन् । केन्द्र र प्रदेशमा जातीय उत्पिडन र छुवाछुतका घटना बढ्दै गएको हुँदा जिल्लामा मात्र यो विभेद अन्त्य गर्न सहज नहुने सुनारले टिप्पणी गरेकी छन् ।

हलिया,खलिया लगातका विषयमा समेत यो विभेदले जडो गाडेकाले जिल्लास्तरमा मात्रै जातिय विभेद उन्नमुलन गरेर कुनै परिवर्तन हुन नसक्ने जिकिर गरेकी छन् । दलित पत्रकारहरुले जिल्लामा रहेका विपन्न,गरिव,निमुखा र पछाडि पारिएका समुदायका मानिसहरुको सवाल पहिचान गरी संचार माध्यममा ल्याउन बडीमालिका नगरपालिकाका उप–प्रमुख कविता विष्टले आग्रह गरिन् । उनले संगठन बनाएर मागेर खाने र संस्थाको नै बेइजत हुने गतिविधी अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । संघ संगठन विस्तार गर्ने सोहीको नाममा मागेर खाने प्रवृतिको अन्त्य गर्नुपर्नेमा नगर उप प्रमुख विष्टले जोड दिइन् ।

महिलाहरुको न्युन संख्या रहेकाले पत्रकारितामा महिलालाई विशेष प्राथमिकता साथ सो पेशामा लैजान क्षमता अभिवृद्धीका कार सहकार्य गर्दै अगाडी बढ्ने प्रजिअ न्यौपानले प्रतिवद्धता जनाए । जिल्ला भेला कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी जिल्ला सचिव भरत बुढा,नेपाली काँग्रृेसका पाटी प्रतिनिधी प्रकाश रावल,बडीमालिका नगरपालिका ९ नं वडा अध्यक्ष विनोद वि.क र सोही नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । दलित पत्रकार संघ गठन राष्ट्रिय दलित पत्रकार संघ,नेपालको प्रथम बाजुरा भेलाबाट शनिबार मदन वि.क.अध्यक्ष रहने गरी दश सदस्यीय दलित पत्रकार संघ गठन गरिएको छ । विकलाई सर्व सहमतीमा अध्यक्षमा चयन गरिएको दलित पत्रकार संघ केन्द्रीय प्रतिनिधी करन ताम्राकारले जानकारी दिएका छन् ।

शनिबार सम्पन्न भएको प्रथम भेलाले उपाध्यक्षमा धर्मलाल सुनार,सचिव रामबहादुर वि.कलाई सर्वसम्मत चयन गरिएको ताम्राकारले बताउनु भयो । यस्तै कोषाध्यक्षमा सरिता नेपाली,सह–सचिवमा प्रमित वि.क.सदस्य कल्सरी सुनार चयन भएको ताम्राकारले बताए । भेलाले बसन्त विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले जनाएको छ । भेलालाई त्रिवेणी नगरपालिकाका उप–प्रमुख राधिका सुनारले समुद्घाटन गरिन् ।

प्रतिक्रिया दिनुहोस