• २०८१ असोज २५ गते शुक्रवार

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, बाँके । मंगलबार नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको नौबाहिनी गाउपालिका वडा नं ६ निवासी ७८ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि कार्तिक ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको १ गते कोरोना रिर्पाट पोजेटिभ आएको थियो । रिर्पाट पोजेटिभ आएपछि उनलाइ २ गते साझ ६ बजे भेरी अस्पतालको कोभिड १९ आइसोलेसन युनिटमा भर्ना गरिएको थियो । उनलाई सबैप्रकारका उपचार विधि अपनाएर उपचार गर्दागर्दै मंगलबार बिहान ९ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फाकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराउँदा गराउँदै मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस