जस्ले जो जति काम गरेपनि ओझेल भएकोछ,
आसे पासे गासेले गर्दा ईमान्दार फेल भएकोछ।
जति सुकै चिल्ला मसिना कुराले मनथन गरेनी,
नीति सिध्दान्त सँग ब्यबहार नै बेमेल भएकोछ।
आहा सुन्दा र पढ्दा कति राम्रोछ बिचार यिन्को,
तरनि साँच्चै भन्दा पुँजिवादको रखेल भएकोछ।
भन्छन गरिब सर्वहाराका हिमाईती त हामिनै हौँ,
हेर त तिनै कुल्लि र कर्मिहरु अपहेल भएकोछ।
बनाएको त अप्राधि लाई थुन्न थियो प्रखाल त्यो,
अहिले सोझा ईमान्दार थुन्न लाई जेल भएकोछ।
भन्छन समानता समाजवाद अनमुख सरकारले,
झुठ नबोल्नेहो भने पुँजिवादकै नकेल भएकोछ।
धेरै त नभनौ चारदशक बाट यो सेतेले हेर्दैआयो,
रातो झण्डाकै ओटमा गरिबसँग ठटेल भएकोछ।