असोज ८,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीपार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति नहुने बताउनु भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ–नेपालले आज आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि नियमावली–२०७७’ सम्बन्धि भर्चुअल बैठकमा बोल्दै उहाँले अपांगता भएकाव्यक्ति, ज्येष्ठ नागरिकलगायतका सामाजिक सुरक्षा भत्ता कहीँ कतै कटौति भएको भए त्यसलाई वितरण गर्न पुनः गृह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरेर अघि बढने पनि स्पष्ट पार्नुभयो । केही गाउँपालिकाहरुमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको गुनासो आईरहेका बेला मन्त्री गुरुङले त्यसो हुन नदिने बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो, ‘सामाजिक सुरक्षा भत्ता कटौतिलगायतका विषय अन्तर मन्त्रालयसँग सम्बन्धित हुन्छ, केही समस्या देखिए ती मन्त्रालयहरुसँग आवश्यक समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता पुनः वितरण गर्ने व्यवस्था मिलाईनेछ ।’