असोज ८, काठमाडौँ । काठमाडौँको महाराजगन्जमा मोटरसाइकल र गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । शिक्षण अस्पतालको गेटअगाडि सडकको जेब्रा क्रसिङमा नम्बर नखुलेको मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्री बूढानीलकण्ठ नगरपालिका ६ बस्ने २६ वर्षीया अनुपा कार्कीको हिजो मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा.११च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।