असोज ८, काठमाडौँ । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार २ सय रुपैयाँ घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ७० रुपैयाँ रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।