भदौ ८ , रोल्पा । रोल्पा आईटिएफ तेक्वान्दो संघले चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप–२०७७ गर्ने भएको छ । कोरोना भाइरस माहामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुलाई थप आत्मविश्वास बढाउनुको साथै खेल क्षेत्रको विकासमा मद्धत पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न थालिएको हो ।
कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा खेलाडीहरुलाई घरबाटै पनि आत्म तयारी गरी खेल कौशललाई अगाडि बढाउने अवसर र खेलाडीहरुलाई थप क्रियाशील बनाउने उद्देश्यस्वरुप भर्चुअल च्याम्पियनसिप आयोजना गर्न लागेको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष तथा कार्यक्रम संयोजक बिक्रम बाँठामगरले जानकारी दिनुभयो ।
च्याम्पियनसिप प्रतियोगितामा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो स्थान लिनेले ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारको सम्पूर्ण प्रायोजन परिवर्तन गाउँपालिका–२ राङ्सी भल्तुङ निवासी रोल्पा आईटीएफ तेक्वान्दो संघका सल्लाहकार समेत रहनुभएका रोशन केसीले गर्ने भएको आयोजकले जनाएको छ । केसीले आफ्नो जन्मदिनको अवसरमा कार्यक्रमको प्रायोजन गरेको रोेल्पा आईटीएफ संघका अध्यक्ष विक्रम बाँठामगरले बताउनुभयो ।
प्रतियोगितामा तेक्वान्दो ९आईटिएफ० का कालो पेटी, प्रथम डानदेखि कालो पेटी तेस्रो डान समूह महिला खेलाडीहरुले सहभागी जनाउन पाउनेछन् । खेलाडीहरुले क्वाङ गे९पधबलन९नबभ० तुल प्याट्रनको भिडियो रोल्पा आईटिएफ तेक्वान्दो संघलाई असोज ५ गतेभित्र पठाउनुपर्ने आयोजकले जानकारी दिएको छ ।
उक्त प्रतियोगिताको नतिजा प्रकाशन असोज १० गते हुनेछ । खेलाडीहरुले पठाएको भिडियो नेपाल अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुले भिडियो कन्फरेन्स मिटिङमार्फत प्रतियोगिहरुको भिडियो मूल्याङकनका आधारमा महासंघ र जिल्ला संघको सहकार्यमा नतिजा प्रकाशन गर्नेछ ।