भदौ ०८ मुगु । जिल्लाका सरकारी कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना रोग देखिएको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा सरकारी कार्यालयका एक कर्मचारी माथी कोरोना देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पशुराम नेपालीले बताए ।
अहिलेसम्म जिल्लाका खत्याड गाउँपालिकामा एकजना महिलामा कोरोना देखिएको थियो, भने आज सदरमुकाम गमगढीमा एक सरकारी कार्यालयका लेखा अधिकृतलाई पनि कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले हालसम्म खत्याड गाउँपालिकामा १ जना र सदरमुकाम गमगढीमा सरकारी कार्यालयका एक लेखा अधिकृतमा कोरोना देखिएको कार्यालयले जानकारी दिएको छ ।
आपत्कालिन बैठक
स्वास्थ्य सेवा कार्यालय मुगुमा अपरान्ह ४ बजेतिर आपतकालिन बैठक बसेको छ । सदरमुकाम गमगढी बजारमा सोमवार एक सरकारी कार्यालयका कर्मचारी लाई कोरोना भाईरस कोभिड १९ को संक्रमण भेटिए पछि स्वास्थ्य सेवा कार्यालय मुगुको आपकालिन बैठक बसेको हो । कार्यालयले कोरोना पोजेटिभ भेटिए पछि कसरी जिल्ला लाई कोरोना मुक्त बनाउने ।
संक्रमण फैलिन नदिन सम्बन्धित निकाय बाट कसरी अगाडी जाने भन्ने विषयमा आपकालिन बैठक बसेको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताउनु भयो । उहाका अनुसार आज बसेको आपतकालिन बैठकमा स्वास्थ्य सेवा कार्यालयमा आपतकालिन स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य सेवामा रोक लगाईएको जनाईको छ । साथै कोरोना पोजेटिभ भेटिएका संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुले कसै सँग सम्पर्कमा नरहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ । संक्रमित सँग भएका व्यक्तिहरु लाई ५ दिन पछि पिसिआर परिक्षण गरिने नेपालीले बताउनु भयो ।
उहाले भन्नु भयो गत जेठ ६ गते बाट हाल सम्म १ हजार ९३ जनाको परिक्षण गर्दा सोमवार एक जना लाई संक्रमण देखिएको सुचना अधिकारी नेपालीले बताउनु भयो । त्यस्तै १ हजार ८ सय ८२ जना लाई आरडिटि परिक्षण गरे पनि कुनै पनि व्यक्ति लाई संक्रमण देखा नपरेको जनाइर्एको छ ।