हिन्दुत्वको गहनतालाई मेरो कलमले न्याय गर्न सक्दैन । हिन्दुत्वलाई परिभाषित गर्न सक्दैन । हिन्दुत्वलाई परिभाषित गर्ने काम हिन्दु र हिन्दुत्वमा अध्ययन अनुसन्धान गर्ने दिग्गज व्यक्तित्वले गर्दा राम्रो हुन्छ । मलाई न संस्कृत ज्ञान नै छ, न पूर्वीय दर्शन ज्ञान, पश्चिमा पहिरनमा सहजिएको, नेपाली लवजमा कुरा गर्दा अङ्ग्रेजी मिसिएको थाहा न पाउने, कुनै पश्चिमा देशको भिषा पाउने चाहाना राख्ने, सानैबाट अङ्ग्रेजी माध्यममा पढाइएको हिन्दु हुँ ।
पश्चिमाहरु जंगली, सभ्यता नभएका अविकसित मुलुका मानिस सोच्छन् । हामी पनि सहर्ष स्वीकार्दै आफुलाई अविकसित र जंगली नै मान्छाँै । हामी पश्चिमाको पछि लागि विकासको बैतर्नि तर्न खोज्दै छौँ ।
२१ औ शताब्दीमा विश्व एक गाउँ जस्तो भई सक्यो । ग्लोबलाइजेसनका गफ गर्ने बेला यस्तो कुरा किन? भन्ने लागिरहेको होला ? कतिलाई लाग्दो हो यस्तो भावनात्मक गफले केही हुँदैन । हाम्रो धरातलीय यथार्थ बुझ्नुपर्छ । हिन्दु कुनै धर्म होइन । हाम्रो धर्म सनातन छ । यसको कुनै नाम छैन । हिन्दु त हामीलाई पश्चिमाहरुले दिएको नाम हो । हाम्रो ठाउँमा कहिले धर्म सङ्गठित भएन, उत्तरमा हिमालय देखि दक्षिणमा समुन्द्र तटसम्म भू–भागमा एकै किसिमको नियम कानून सहितको धर्म पाईदैन ।
हिन्दु धर्म होइन । जीवन पद्धति हो । हिन्दु धर्म ग्रन्थले जीवन र समाजको पद्धति सञ्चालन गर्ने मार्गलाई प्रस्तुत ग¥यो । एकै काल खण्डमा यसको विकास भएको पाइदैन । विभिन्न कालखण्डमा भएका घटना र पात्रका गतिविधिलाई अक्षर प्रदान गरि जीवन्त राख्ने प्रयास पुराण र काव्यहरुले गरेको पाइन्छ । हिन्दु धर्मलाई सङ्गठानिक गर्ने प्रयास पछिल्लो समय आदि शंकराचार्यले गरेको इतिहासिक तथ्य पाइन्छ । पछिल्लो हजारौ वर्षमा सबैभन्दा बढी उत्पिडन र आक्रमणमा परेको धर्म हिन्दु धर्म हो, भन्दा गलत नहोला । वैदेशिक हस्तक्षेपलाई काल कालान्तरमा सहँदै र सामना गर्दै आजको अवस्थामा आई पुग्दा आक्रमणका शैली र तरिका पनि समय अनुरुप परिवर्तन हुँदै गए । पछिल्लो समय नेपाल हिन्दु धर्म र संस्कृति जोगाएर जिवन्त राख्न सफल भएको थियो । अंग्रेजÞलाई आफ्नो सीमाना भित्र दाखिल हुन, नदिने वीर गोर्खाली नेपालीले आफ्नो मुलुक जोगाएका थिए ।
समयसँगै आक्रमणका पद्धति पनि परिवर्तन भए । हिजो भौतिक उपस्थितिमा युद्ध हराएर, मन्दिर भत्काएर, जबर्जस्ति धर्म परिवर्तन गर्न बाध्य पारेर । आजकल कुटनैतिक र रणनीतिक तवरबाट हमला हुने गर्छ । कुनै पनि देशलाई आफ्नो राख्नु छ, भने तीन कुरालाइ सिद्धाउनु पर्छ । धर्म, मौलिक संस्कृति अनि भाषा । आज हामी त्यस्तै आक्रमणमा परिरहेका छौँ । हाम्रो धर्ममा ठूलो आक्रमण छ । देशमा प्रत्येक सेकेन्ड कुनै नेपालीलाई धन दौलत अथवा पाप पुण्यको भ्रममा पारी देश व्यापी धर्म परिवर्तन भैरहेको छ । हाम्रा शैक्षिक पाठ्यक्रमबाट हिन्दु धर्मका सम्बन्धित पाठहरु हटदै जानु, संस्कृत भाषाको शिक्षा सिकाईलाई बल, शक्ति र सत्ता प्रयोग गरि अन्त्य गरि अङ्ग्रेजी माध्यमलाई प्रोत्साहित गरिनु, देशमा धार्मिक द्वन्द बढाउन सन्त, महन्त, पुजारीलाई निशना बनाई गोलि हानि हत्या गरिनु, हिन्दु मठ–मन्दिरमा गैर–हिन्दुले बिष्टा गरिदिनु लगायतका विकृतीले समाजमा सद्भाव खलबलाउने प्रयास भैरहेका छन् । विश्वव्यापी एक मात्र हिन्दु बिश्वब्यापी एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको मुलुकलाई कुनै जनमत बिना एका–एक धर्म निरुपेक्ष राष्ट्र घोषणा हुनु । सार्वजनिक रुपमा गाईको मासु सामूहिक भोज गरि हिन्दु भावनालाई ठेस पुराउन खोज्नु पनि धर्म माथिको आक्रमण नै हो ।
नेपाली मौलिक हिन्दुपनमा भारतीय झल्को बढ्नु पनि अझ खतरनाक छ । नेपालमा पछिल्लो समय हाम्रा चाडपर्व, रितिथितीमा नेपाली मौलिकता भन्दा पनि भारतीय झल्को बढिरहेको छ । यसबाट सचेत भई नेपाली मौलिक हिन्दुपन जोगाउनु पनि हामी नेपाली हिन्दुको कर्तब्य हो । मौलिक संस्कृति हाम्रा धरोहर र गहना हुन । हामीले हाम्रो मौलिकतालाई कायम राख्नका लागि पनि आफ्नो धर्म संस्कृति अनुरुप आफ्नो जीवन पद्धति निर्धारण गर्दछौ । हाम्रा बाउबाजेले पालना गर्दै आएका रितिथिती हामीले निरन्तरता दिदै हामी पछिका भाबी पुस्तालाइ पुस्तान्तरण गर्नु हाम्रो कर्तब्य हो । हामीले पश्चिमी शिक्षो अनुसरणले गर्दा हाम्रा मौलिक परम्परा संस्कृति लोप हुने खतरामा आएको छ ।
कर्तव्यको बिरासत स्वरुप आफ्नो मौलिक संस्कृति जोगाउने, समय सापेक्ष पुर्नजागरण गरी भावि पुस्तालाई पुस्तान्तरण गर्नु हाम्रो असल कर्तव्य हो । भाषाको त कुरा के गर्नु ? हाम्रा भाष अत्यन्त चेपुवामा परेको छ । आजको बालबालीकालाई हाम्रो मातृभाषा के हो थाहा छैन् । पश्चिमी भाषालाई अनिर्वाय सिकाईको माध्य बनाुन नै हाम्रो मौलिकता खल्बलाउनु हो । नेपाली भूमीमा नेपाली बोल्दा शिक्षकबाट सजाए र समाजबाट अङ्ग्रेजी नजान्दा मज्जाक र हासोको पात्र बन्नु पर्ने अवस्थाले हाम्रो बैद्धिकताको पारो मापन गर्दछ । भाषा ज्ञान होइन, माध्यम हो । आफ्m्नो मौलिकता माथि जबसम्म गर्व गर्न सकिन्न तबसम्म हामीले हाम्रा मौलिकता बचाउन सक्दैनौँ । आफ्नो मौलिकता बचाउनु छ भने पहिले हामीले आफुबाट सुरु गरौँ । अरुको नक्कल नगनु भन्दा हाम्रो मौलिकतालाई आत्मसाथ गरौँ ।
हिन्दुत्व हाम्रो पहिचान मात्र होइन, जीवन पद्धतिको सनातन हो । यसको सनातन अस्तित्व जोगाउनु हाम्रो परम कर्तव्य । नेपाली हिन्दुत्वलाई परिभाषित गर्दा नेपाल भूमीमा रहेका जात जातीका रितिथिती परम्परा, संस्कृतिको संरक्षण सहितको सामूहि एकतामा आधारित भातृत्व, सद्भाव र मुलुकको राष्ट्रिय एकतासँगै धार्मिक, संस्कृति, भाषिक एकता र मौलिकताको सामूहिक संरक्षण बुझिन्छ ।