भदौ ८, म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धौलागिरी गाउँपालिका–३ डर म्याग्दीका ४४ वर्षीय चन्द्रवल घर्ती रहेका छन् ।
घर्तीले सोहि ठाउँका २२ वर्षीय गर्वे पाईजालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत म्याग्दीले २०५७ कात्तिक २१ गते कर्तव्य ज्यान मुद्दामा दोषि ठहर गरी २० वर्ष कदै सजायको फैसला गरेपश्चात फरार रहेका घर्तीलाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको टोलिले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घर्तीलाई प्रक्राउन गरी अदालतमा बुझाइएको र अदालतकै आदेश अनुसार उनलाई कारागरा चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानाएको छ ।
फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागूऔषध लगायतका मुद्दाका १३ जना फरार कसुरदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।