• २०८१ माघ ८ गते मङ्गलवार

उपत्यकामा २२४ संक्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ८ ,काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा मात्रै १७७ जना रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस