• २०८१ मङ्सिर २४ गते सोमवार

डोल्पामा जंगली च्याउ खाँदा ४ जना गम्भीर बिरामी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, डोल्पा । आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७का ,४ जना गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।

आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । ‘आज विहान खबर आएपछि प्रहरी चौकी मागफाल प्रहरी सहायक निरीक्षक कृष्ण तिरुवाको कमाण्डमा ७ जनाको टोलि घटास्थलतर्फ गएको थियो, त्यहाँ पुग्न ३ घण्टा पैदल हिड्नु पर्छ’ डोल्पाका प्रहरी प्रमुख डीएसपी नारायण रञ्जितकारले भने, ‘त्यसपछि सहजीकरण भयो अहिले हेलिकप्टरबाट उद्दार गरिएको छ ।’पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस