• २०८१ माघ ८ गते मङ्गलवार

सरकारको ऐतिहासिक कामः तयार भए जनकपुर-जयनगर चल्ने सुविधा सम्पन्न दुई रेल, नेपाल आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ । जनकपुर-जयनगर गुड्ने १३०० यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार भएको रेल विभागले जनाएको छ । यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ । रेलले १२०० देखि १३०० जना यात्रु क्षमता राख्छ । रेललाई फर्काइराख्नु पर्दैन । दुबैतिर इन्जिन रहेकाले यो रेल चलाउन निकै सजिलो रहेको बताइएको छ ।

 

विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर हाजिपुरमा आइपुगेको छ । तर, कोरोना महामारीको कारण नेपालसम्म ल्याउन केही समय लाग्ने मिश्रले बताउनुभयो । विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो । दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटनामा आइसकेको मिश्रले बताउनुभयो ।

यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो । यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ । कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस