• २०८१ पुष २९ गते सोमवार

लोकतन्त्रको मेरुदण्ड नै ‘जबज’: यस्ता छन् ७ वटा महत्वपूर्ण मान्यता (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ८, काठमाडौँ । नेपालमा लामो समयसम्म निरंकुशताको सिकार भइरहेको समयमा तत्कालिन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीले प्रतिपाद गर्नुभएको जनताको बहुदलीय जनबाद नै लोकतान्त्रीक मूल्य, मान्यता र आस्थाको मुख्य आधार वा मेरुदण्ड रहेको छ ।

पञ्चायलकालमा राजालाई श्रीपेच राखेर जनतासँग निर्वाचनको मैदानमा उत्रन चेतावनी दिने नेपालका महान् नेतृत्वको रुपमा भण्डारीलाई लिन सकिन्छ । नेपालमा लामो समयसम्म रहेको जहानीय निरंकुश शासनको अन्त्य गर्दै बहुदलीय प्रतिपर्धाको माध्यमलाई आत्मसात् गर्दै नेपाली जनतालाई सर्वोपरि ठान्ने सिद्धान्तका प्रतिपादकको रुपमा नेपालको ऐतिहासिक युग पुरुषको रुपमा भण्डारीलाई लिइन्छ ।

उहाँकै नेतृत्वमा पञ्चायतकालको अन्त्य भयो । जसबाट जनताले आफ्नो हक र अधिकारलाई स्थापीत गर्न सफल भयो । त्यती मात्र हैन राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालगायतका कुराहरुमा चट्टानी अडान राख्ने भण्डारीकै कारण विगतमा नेपालको स्वभिमान स्थापीत हुन सफल भएको हो ।

वर्तमान समयमा नेपालको परिवर्तनको मेरुदण्डको रुपमा जबजलाई लिइन्छ । नेपालको राजनीतिक आन्दोलनको नेतृत्वदायी सिद्धान्तको रुपमा जबजलाई लिने वा आधारविन्दुको रुपमा बजजलाई लिइन्छ । जबजले नै नेपालको कुनै पनि परिवर्तनको ढोका खोल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपालको लोकतान्त्रीक गणतन्त्रात्मक आन्दोलन तथा तत्कालिन माओवादीलाई शान्तिपूर्ण आन्दोलनको मार्फत मुलकुमा परिवर्तन ल्याउन सकिन्छ भनि मार्गदर्शकको रुपमा लिइन्छ ।लोकतन्त्र तथा नेपाली राजनीतिको परिवर्तनको लागि जबजका महत्वपूर्ण ७ वटा मान्यताहरु निम्नानुसार रहेका छन्,

प्रतिक्रिया दिनुहोस