भदौ ८, काठमाडौँ । गएराति भएको च्याम्पियन्स लिगको फाइनल खेलमा बायार्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)लाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।बायर्नको च्याम्पयिन्स लिगको उपाधि कब्जा यो छैटौं पटक हो । पोर्चुगलको राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक मात्र गोल किंग्स्ले कोमानले गरेका थिए ।
बायर्न च्याम्पियन्स लिग चौथो धेरैपटक जित्ने टिमसमेत बनेको छ । बायर्नले यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा पनि च्याम्पियन्स लिगको उपधि जितेको थियो।