• २०८१ माघ ११ गते शुक्रवार

आफ्नै ११ बर्षिय छोरीलाई बलत्कार गरेको आरोपमा बाबु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा आफ्नै छोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ११ वर्षीया आफ्नै छोरी माथि जबर्जस्तीकरणी गरेको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले घटनाबारे प्रहरीलाई खबर आएपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको बताउनु भयो । छोराछोरीसंगै सुतेका ती पुरुषले मध्यरातमा छोरीमाथि जबर्जस्तीकरणी गरेपछि परिवारकै अन्य सदस्यले प्रहरीलाई खबर गरेका थिए । घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य चेकजाँच भइरहेको र दोषीमाथि थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस