श्रावण ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
दुई अध्यक्षबीच झन्डै दुई घन्टा भएको कुराकानीमा १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए ।