श्रावण ९, भक्तपुर। गएराती परेको अबिरल बर्षाका कारण चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल स्थित दाहाल गाउँमा पहिरो जाँदा बस्तिनै जोखिममा परेको छ।
पहिरो झण्डै पचास मिटर तल सम्म खसेको छ। निकै ठूलो पहिरोले बच्चुराम दाहाल,सालिकराम दाहाल,सिताराम दाहाल,राम प्रसाद दाहाल र गणेश खत्रीको घर जोखिममा परेको छ। हाल सम्म पनि बिस्तारै माटो खसिरहेकोले झन् त्रसित बनेका छन् भने जनक केसी र रमेश केसीको घर समेतलाई जोखिम रहेको छ। वडा नम्बर ३ का वडा अध्यक्षले अस्थायी रोकथामकालागि प्लास्टिकको ब्यबस्था गरिने बताउँदै पहिरो निकै ठूलो गएकोले डेढ दुई करोड लाग्ने हुँदा हिउँद लागेपछि सम्बन्धित निकाय मार्फत जोखिम ब्यबस्थापन गरिने बताए।
पहिरोले हालै लगाएको तारजालीको वाल समेत बगाएर लगेको छ। बस्तिलाई नै पहिरोको जोखिम रहेकाले हिउँद अघिनै जोखिम ब्यबस्थापन गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ।